काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १ सय ४४ जना महिला र २ सय ६५ जना पुरुष रहेका छन् ।
२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १ सय ६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ छ भने क्वारेन्टाइनमा ३ सय ४२ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ४ सय ९५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ रहेको छ ।