• बुधबार, साउन २० २०८३

कैँची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ


बुधबार, पुष २२ २०७७
540
Shares


काठमाडौं । कैँची प्रहार गरी एक युवकको हत्या गरेको छ । हत्याको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् ।

मंगलबार राति सुवोधले कैँची प्रहार गर्दा भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो ।

दुवै जनाले सिलाइ कटाइको काम गर्ने भएकाले पहिलादेखि नै सम्बन्ध राम्रो नरहेकोले मंगलबार राति आपसी विवाद हुँदा सुवोधले कलाममाथि कैँची प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौैंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

कलाममाथि कैँची प्रहार गरेपछि टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा बुधबार बिहान नियन्त्रणमा लिएको डीएसपी विष्टले जानकारी दिए । पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार