• बुधबार, साउन २० २०८३

गोरखाका एकसहित मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ


बुधबार, पुष २२ २०७७
520
Shares

चितवन । मोटरसाइकल चोरीमा संलग्न रहेका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार बिहान पत्रकार सम्मेलन गरी चोरेका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका—११ गणेस्थान बस्ने १८ वर्षीय शिव विक, भरतपुर–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–८ गौरीगञ्ज बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भज्ञ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

प्रहरीले मेलोन सुनारलाई भरतपुर–१० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडि रोकी राखेको प्रदेश नं.२–०३–००१ प १८७४ नम्बर प्लेटको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

जिल्लामा पछिल्लो समयमा सवारी साधान चोरी भएका घटना बढेको भन्दै प्रहरीले अनुसन्धान तीव्र पारेको प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार