• मंगलबार, साउन १२ २०८३

बेलायतमाबाट नेपाल फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका


बुधबार, पुष २२ २०७७
535
Shares


काठमाडौं । नेपालका पनि तीन जनामा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ प्रजाति (भेरिएन्ट) को संक्रमण भएको आशंका गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो।

हामीकहाँ भएको सिस्टमले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाउन लागिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ ।

डा. पाण्डेका अनुसार कोरोना महामारी सुरुवातका बेला (जतिबेला नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि तयार भइसकेको थिएन) उहानबाट फर्किएका नेपालीको नमुना जाँच गर्न पठाइएको ठाउँमै अहिलेको नमुना पठाउन लागिएको हो।

सुरुमा बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। विज्ञका अनुसार पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ।

तर स्वास्थ्य जटिलताका हिसाबले भने पुरानो कोरोनाभन्दा यसको संक्रमण खासै अन्तर नभएको विज्ञको भनाइ छ।

यो नयाँ प्रजातिको कोरोना भारतसहित धेरै देशमा फैलिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार