• बुधबार, साउन २० २०८३

मिरकोट सहकारीबाट पाँच लाख चोरी


बुधबार, पुष २२ २०७७
1.6K
Shares

गोरखा । पालुङ्टार नगरपालिका ९ बिर्दिबजारमा चोरी भएको छ । सोमबार राती मिरकोट वचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख १८ हजार २१० रुपैयाँ चोरी भएको अध्यक्ष खिलबहादुर अधिकारीले बताए ।

‘आज (मंगलबार) मिटिङ थियो । म जान तयार भइरहेको थिएँ, सहकारी चोरी भयो भनेर एक्कासी फोन आयो,’ उनले भने, ‘अनि मैले वडा अध्यक्ष र प्रहरीलाई फोन गरिहालेँ, म पुग्दा त उहाँहरु पनि आइसक्नु भएको रहेछ ।’

चोरले सहकारीको भवन फोडेर पैसा लगेको उनले बताए । ‘हामी गएर हेर्दा, ढोकाको बाहिर च्यानल गेट फुटाइएको थियो, त्यसपछि भित्री ढोकाको साचो पनि खोलिएको रहेछ,’ उनले भने, ‘भित्र दुई वटा दराज थियो, एउटा नयाँ र अर्को पुरानो । पुरानो दराजको ढोका राम्रोसँग लाग्दैन थियो । काम गर्ने नानीले नयाँ दराज र सेफको चापी त्यसैमा राख्ने गरेको रहेछ । साचो पाएपछि नयाँ दराज र सेफ खोलेर सबै पैसा झिकिएको पाइयो ।’

सहकारीले नियमित रुपमा नोटको सम्पूर्ण विवरण राख्ने गरेको उनले बताए । विवरणमा उल्लेख भए अनुसार ५ लाख १८ हजार २१० रुपैयाँ चोरी भएको अध्यक्ष अधिकारीको दाबी छ । आर्थिक वर्ष २०५६÷०५७ मा सञ्चालनमा आएको उक्त सहकारीमा झण्डै ३ सय शेयर सदस्य रहेको छन् । सहकारीको करिब १ करोड चलअचल सम्पत्ती रहेको उनले बताए । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार