गोरखा । युवा रेडक्रश सर्कल भवानी क्याम्पसले निशुल्क रक्त समुह परिक्षण कार्यक्रम आयोजना गरेको छ ।
सर्कलले मंगलबार पालुङटारको ठाटीपोखरीमा रहेको भवानी क्याम्पसका ७५ जना विद्यार्थीहरुको निशुल्क रक्त समुह परिक्षण गरेको अध्यक्ष धिरज थापाले जानकारी दिए ।
नेपाल रेडक्रश सोसाइटी पालुङटार उपशाखाका सभापति विष्णु प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसरमा युवा रेडक्रश सर्कलले एक सय पिस पकेट सेनिटाइजर र सर्जिकल मास्क समेत वितरण गरिएको अध्यक्ष थापाले बताए । सर्कलले यसअघिदेखि नै आवस्यक परेका विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर वितरण गर्दै आएको जनाएको छ ।
त्यस्तै रक्त समुह परिक्षणका हकमा समेत आवस्यकता परेकाहरुलाई आगामी दिनमा समेत निशुल्क परिक्षण गर्ने योजना रहेको थापाको भनाई छ ।
