गोरखा । पालुङटार नगरपालिका वडा नं ५ को तल्लोफाँटमा बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । एकिकरण नेपाल गोरखाको आयोजनामा पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबु कंडेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गोरखा जिल्लाको लागि सामी परियोजनाको स्थानीय सेवा प्रदायक संस्था एकिकरण नेपाल गोरखाको परियोजना संयोजक चन्द्रबहादुर देबकोटाले सहजीकरण गरेका थिए ।
समग्रमा सुरक्षित आप्रबासन परियोजना (सामी) को बारेमा परियोजना संयोजकले जानकारी गराएका थिए । त्यस्तै परियोजनाको बित्तिय साक्षरता क्षेत्रिय संयोजक अर्जुन बहादुर शाहीले बित्तिय साक्षरता र यसको महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले कार्यक्रम अत्यन्तेै महत्वपुर्ण भएकोले सबैले कक्षामा सहभागिता जनाउन आग्रह गरेका छन । साथै नगरपालिकाकै बजेटबाट कार्यक्रम सञ्चालन भइरहेको पनि समेत उनले बताए ।
संस्थाले पालुङटार नगरपालिका वडा नं ५ को राधाकृष्णटोल र तल्लोफाँट टोलको आसपासको बैदेशिक रोजगारीबाट बिप्रेशण प्राप्त गर्ने घरधुरी समेटी राधाकृष्ण बित्तिय साक्षरता तथा मनोसमाजिक परामर्श कक्षा गठन गरि कक्षा सञ्चालन गरिहेको छ ।
बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शको साथै जिल्ला प्रशासन कार्यालय संगै रहेको आप्रबासी सुचना तथा स्रोत केन्द्रबाट बैदेशिक रोजगारी सम्बन्धी परामर्श, बैदेशिक रोजगारीको शिलशिलामा ठगिएकाहरुलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, बैदेशिक रोजगारीमा रहँदा अंगभंग भएका, मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण लगायतको काम भइरहेको परियोजना संयोजक देबकोटाले जानकारी दिए ।

सामी परियोजना वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना (क्बःष् तेस्रो चरण) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ ।
यस परियोजना अन्तर्गतका कार्यक्रम गोरखा जिल्लाका ४ स्थानीय तहहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा सञ्चालित छन्। ।
परियोजनाको समयसिमा २०७९ असार ३१ सम्म रहेको बताइएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।