• मंगलबार, साउन १२ २०८३

मंगलबार थप ५२२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


मंगलबार, पुष २१ २०७७
610
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ छ भने क्वारेन्टाइनमा ३ सय ४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ५ सय ७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार