गोरखा। गोरखामा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका–७ खाब्दी भञ्याङ्ग नजिकै भीरबाट लडेर एक बृद्धको मृत्यु भएको हो ।
थापा गाउँका स्थानीय ७२ वर्षीय तेजबहादुर थापाको गएराती भीरबाट खसेको मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।
खाब्दीमा स्थानीयसंग साँझ भेटघाट गरेर राती करिब ८ः३० बजे घर जान भनि हिडेका थापा अबेरसम्म पनि घर नफर्किएपछि परिवार र आफ्न्तले उहाँको खोजी गर्दैै भीरमा अड्किएको अबस्था फेला परेको वडाध्यक्ष श्रेष्ठले बताए ।
परिवारको भनाई उदृत गर्दै वडाध्यक्ष श्रेष्ठले मृतक थापा सोमबार मात्र चितवनबाट गोरखा आएको जानकारी दिए।
प्रहरी सहितको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरि मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।