काठमाडौं । आफ्नै श्रीमानले खुकुरीले हानेर हत्या इलाममा श्रीमतीको हत्या गरेको छ।
देउमाई नगरपालिका ८ आमबोटेका ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादका विषयलाई लिएर मंगलबार बिहान साढे ५ बजे २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ।
उनले श्रीमतीलाई घाँटीमा खुकुरीले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।