• बुधबार, साउन २० २०८३

इन्दिराले ल्याइन् ‘बेग हानी गाको’(भिडियोसहित)


मंगलबार, पुष २१ २०७७
545
Shares

काठमाडौं । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘बेग हानी गाको’ सार्वजनिक भएको छ ।

शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको गीतको भिडियोमा स्वयम्ले अभिनय गरेकी छन् । अभिनयमा उनलाई कर्माको साथ रहेको छ ।

अन्तरजातीय प्रेम कथामा आधारित भिडियोमा गाउँको परिवेशलाई देखाइएको छ । गीतको भिडियोमा माला र कुमारको प्रेम कथालाई देखाइएको छ ।

भिडियोमा कविता आले, बिनोद भट्टराई र मिश्री थापाको पनि अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन , लोकेश बज्राचार्यको सम्पादन रहेको भिडियो एलीन श्रेष्ठले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार