• बुधबार, साउन २० २०८३

कोरोना संक्रमणबाट १८ वर्षीय युवकको मृत्यु


मंगलबार, पुष २१ २०७७
535
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय युवकको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका—११ का १८ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

उनमा यही पुस ११ गते कोरोना पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार