• बुधबार, साउन २० २०८३

हत्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?


मंगलबार, पुष २१ २०७७
505
Shares

काठमाडौं । आज साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य हत्तै बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार