• आइतबार, असोज १८ २०८३

आइएसद्वारा शिर काटेर ११ मजदुरको हत्या


सोमबार, पुष २० २०७७
950
Shares

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा ११ सिया समुदायका मजदुरको अपहरणपछि हत्या भएको छ।

कोइला खानीमा काम गर्ने मजदुरहरुको अपहरणपछि हत्या भएको हो।

हालै भएको यस हत्याको जिम्मा आइएस समूहले लिएको रोयटर्सले जनाएको छ।

अधिकारीहरुका अनुसार आइएसले सबै मजदुरको शिर काटेर हत्या गरेका थिए।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ११ निर्दोष मजदुरको हत्या भएको विषयमा दुख व्यक्त गर्दै यस कार्य कायरतापूर्ण र अमानवीय भएको बताएका छन्।

खानले हत्यामा संलग्न भएकाहरुलाई पहिचान गरेर कारवाही गर्ने वाचा गरेका छन्।

हाल आइएसका ती हत्याराहरु पक्राउ गर्न प्रहरीको पुरा शक्ति लगाइएको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार