• बुधबार, साउन २० २०८३

पल र पूजाले मिलाए ‘मनसँग मन’


सोमबार, पुष २० २०७७
820
Shares

काठमाडौं । कोरोनाको कहर कायमै रहेपनि फिल्म क्षेत्र विस्तारै फर्किन थालेको छ । हलहरु खुलेका छन् भने फिल्महरु धमाधम छायाँकनका लागि निस्कन थालेका छन् ।

कोरोनाको कारण रोकिएको फिल्म ‘मनसँग मन’ को आफ्नो छायाँकन सुरु गरेको छ । सोमबार फिल्मको बालाजुस्थित चलचित्र विकास कम्पनीको परिसरमा सेट लगाएर ‘मेरो त भाग्य’ बोलको गीतको छायाँकन गरिएको छ ।

डेभिड शंकर र भावना राइको स्वर, दीपक शर्माको संगीत तथा विपिन किरणको शब्द रहेको गीत कलाकार पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्दि तामाङमाथि छायाँकन गरिएको छ । गीतमा पल शाह, पूजा शर्मा र रविन्द्र झा अतिथिको रुपमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

कैलाश राइको निर्देशन, सौरभ लामाको छायाँकन, अरुण तामाङको लगानी रहेको फिल्ममा अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको फिल्ममा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

फिल्मको प्रदर्शन मिति भने अहिले तय भएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार