• बुधबार, साउन २० २०८३

चरीबाघको छालासहित एक पक्राउ


सोमबार, पुष २० २०७७
605
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीले संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) दुई थानसहित ताप्लेजुङको फुङ्लिन नगरपालिका–८ बस्ने वर्ष ३१ को कमलप्रसाद सुनुवारलाई पक्राउ गरेको हो।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले कारवाहीको क्रममा काठमाडौंको टोखा नगरपालिका धापासीबाट सुनुवारलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

नियन्त्रणमा लिएका सुनुवारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार