• बुधबार, साउन २० २०८३

पोखरा लेकसाइडको बाटो शिलान्यास


सोमबार, पुष २० २०७७
745
Shares

kf]v/f @) k'; M gx/dfu{ 9nfg af6f] lznfGof; u08sL k|b]z;efsf ;b:o /fhLj kxf/L kf]v/f dxfgu/kflnsf j8f g ^, gx/dfu{ 9nfg af6f] ;f]daf/ lznfGof; ub}{ . sl/a kfFr;o ld6/ nDafO /x]sf] ;f] 9nfg af6f] u08sL k|b]z ;/sf/sf] ef}lts k"jf{wf/ dGqfnosf] ? $& nfv &) xhf/sf] nfutdf ;DkGg x'g]5 . tl:a/M hd'gfjiff{ zdf{÷ /f;;


कास्की । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गरेका छन् ।

करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको रु ४७ लाख ७० हजारको कूल लागतमा सम्पन्न हुने बताइएको छ ।

सो बाटोको परिधि कन्स्ट्रक्सनले पाँच महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालले जानकारी दिए ।

बाटो शिलान्यास गर्दै पहारीले पर्यटकीय शहर पोखराको लेकसाइडलाई थप आकर्षक गराउन पूर्वाधार विकासका लागि आफू उत्तरदायी भएर लागिरहेको बताए ।

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले पर्यटनको केन्द्र लेकसाइडमा विश्वकै ध्यान पुग्ने हुँदा यसको विकास मात्रै नभई समयअनुसार यसको रुपान्तरणमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

पोखरा–६ का वडाध्यक्ष जगत पहारीले विकास निर्माणका कार्यमा सबैको एकता र सहकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा होटेल एसोशिएसन नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठी, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष कृष्ण आचार्यलगायतले निर्माण समयमै र गुणस्तरीयरुपमा हुनुपर्नेमा जोड दिएका थिए । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार