काठमाडौं । पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।
झापा मेचीनगर—२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
२० वर्षीय राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।
अहिले राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको एसएसपी बाँस्तोलाले जानकारी दिए।