• बुधबार, साउन २० २०८३

ला लिगामा मेस्सीको नयाँ कीर्तिमान


सोमबार, पुष २० २०७७
660
Shares

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा नयाँ कीर्तिमान राख्न सफल भएका छन्।

आइतबार राति ह्युस्काविरुद्धको खेलमा मैदानमा उत्रिएसँगै मेस्सी ला लिगामा ५ सय खेल पुरा गर्न सफल भएका हुन्।

स्पेन बाहिरका खेलाडीले ला लिगामा ५ सय खेल पुरा गरेको यो पहिलोपटक हो। यससँगै बार्सिलोनाबाट मेस्सीले पुरै प्रतिस्पर्धामा ७५० खेल खेल्न सफल भएका छन्।

मेस्सीले केही समय अगाडि मात्र ब्राजिलिएन स्टार पेलेको कीर्तिमानी भंग गरेका थिए।एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्डलाई मेस्सीेले भंग गरेका थिए।

पेलेले सान्तोष क्लबबाट ६४३ गोल गर्दा मेस्सीले बार्सिलोनाबाट यो भन्दा बढी गोल गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार