• बुधबार, साउन २० २०८३

भोलीदेखि नेपाली सेनाले गोरखाबाट एकिकरण पदयात्रा सुरु गर्ने (रुट सहित)


सोमबार, पुष २० २०७७
1.8K
Shares

गोरखा । भोली मंगलबारदेखि नेपाली सेनाले गोरखा–काठमाण्डौं एकिकरण पदयात्रा सुरु गर्ने भएको छ । पृथ्वी जयन्तीको अवसरमा आगामी भोली अर्थात पुस २१ गतेबाट यात्रा सुरु गर्ने सेनाको तयारी छ ।

‘ऐतिहासिक महत्व बोकेको यस गोरखा जिल्लामा गत वर्षको पुस १८ गते हामीले पहिलो पटक सफलता पूर्वक पदयात्रा सम्पन्न गरेका थियौं,’ नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपती उज्वल केसीले भने, ‘यस वर्ष पनि त्यहीँ कार्यक्रमको निरन्तरता हो ।’

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा गर्न लागेको हो । पुस २७ गते काठमाण्डौंको सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन नेपाली सेनाको टोली २१ गते गोरखाबाट हिड्ने छ । एक विशेष कार्यक्रमका साथ गोरखा दरबार परिसरमा रहेको हुनमान चौताराबाट बिहान ८ बजे उक्त टोलीलाई बिदाइ गरिने नेपाली सेनाले जनाएको छ ।

‘टर्च, नेपालको झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा निस्कने छ’ केसीले भने ‘उक्त टोलीमा हाल गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका सैनिकहरु परम्परागत पोशाकमा रहनेछन ।’

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौताराबाट गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ, बोर्लाङ्ग, धादिङ नुवाकोट हुँदै काठमाण्डौ पुग्नेछन् । उनीहरुलाई विभिन्न ठाउँमा साँस्किृतिक झाकी सहित स्वागत एवं सम्मान गर्ने कार्यक्रम समेत रहेको केसीले बताए ।

गोरखाबाट गएको टोलीले बोलाङ्र्गघाटमा पु¥याएपछि धादिङको देविदत्त गणलाई टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ । धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौको टोलीलाई हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ ‘रिले दौड जस्तै गरी २१ गते गोरखाबाट लगिएको टर्च र झण्डा २७ गते काठमाण्डौंको कार्यक्रममा पु¥याइन्छ’ केसीले भने ‘यसको मुख्य उदेश्य नै ऐतिहासिक पदमार्गको प्रर्वद्धन गर्नु हो ।’

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा काठमाण्डौं जान प्रयोग गरेको बाटोलाई एकिकरण पदमार्ग बनाउने सरकारको योजना छ । राष्ट्रिय विभूती पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाण्डौं हमला गरेको इतिहास छ ।

छरिएर रहेका राज्यहरुलाई एकिकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालिन बाटोलाई पदमार्ग बनाएर पर्यटन पर्वद्धन गर्न लागिएको हो । गत वर्ष नेपाली सेनाले ऐतिहासिक लिगलिगकोटबाट गोरखा दरबारसम्म आउन प्रयोग हुने पदैलमार्गमा म्याराथुन दौड समेत गरेको थियो ।

तस्विर : फाइल/ सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार