• बुधबार, साउन २० २०८३

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ


सोमबार, पुष २० २०७७
1.4K
Shares

काठमाडौं । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।

प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार