• बुधबार, साउन २० २०८३

सार्वजानिक यातायातमा आरक्षण सिटको कार्यान्वयन भएन


सोमबार, पुष २० २०७७
770
Shares

गोरखा । सार्वजानिक यातायातका साधनहरुमा छुट्याइएको आरक्षण सिटको कार्यान्वयन नभएको अपाङ्गगता भएका ब्यक्तिहरुले गुनासो गरेका छन् ।

आइतबार सदरमुकाममा नेपाल अपाङ्ग महिला संघ गोरखाले आयोजना गरेको अपाङ्गगता भएका ब्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणमा सञ्चार माध्यमको भुमिका बिषयक अन्तरकृया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

त्यस्तै उनिहरुले अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने नजरमा परिवर्तन हुन नसक्दा बिभिन्न समस्या झेल्नुपरेको गुनासो समेत गरेका छन् । ‘समाजमा अपाङ्गगता भएका ब्यक्तिहरुलाइ हेर्ने दृष्टिकोण अझै फेरिएको छैन’ संघकी जिल्ला अध्यक्ष गितामाया श्रेष्ठले भनिन ‘बसको सिटमा लेखिएको अपाङ्ग सिट त पाइदैन अरुको के कुरा गर्नु ?’

जिल्लामा कृयाशिल पत्रकारहरुसंगको अन्तरकृयाका क्रममा संघकी गण्डकी प्रदेश कार्यक्रम संयोजक रत्न गुरुङले अन्यका दाँजोमा अपाङ्गता भएकाहरु सबैभन्दा बढी बिभिन्न हिंशामा पर्ने गरेको बताइन् । ‘हिंशाका प्रकारहरु धेरै छन, महिला, यौन, बाल लगायतका हिंशाहरुको रेकर्ड हेर्ने हो भने सबैभन्दा बढी अपाङ्गहरु नै परेको देखिन्छ’ उनले भनिन ‘यसको रोकथामका लागि दवाव सृजना गर्न मिडियाले सकरात्मक भुमिका खेल्दिनुप¥यो ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखका अध्यक्ष किशोरजंग थापाले बिभिन्न प्रकारका अपाङ्गगता भएकाहरुको अधिकारका लागि गोरखाका सञ्चार माध्यमहरुले रचनात्मक भुमिका खेलिरहेको बताएका छन् । कार्यक्रममा नेपाल नेत्रहिन संघका जिल्ला अध्यक्ष पवन बस्नेतले समाजका हरेक तह र तप्कामा समावेशिता र पहुँचको बिषय उठान हुने भएपनि त्यसको कार्यान्वयन भने फितलो रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार