• बुधबार, साउन २० २०८३

सन्दीपले लिए म्याक्सवेलको विकेट


सोमबार, पुष २० २०७७
710
Shares


काठमाडौं । अस्ट्रेलियाको चर्चित टी–२० फ्रेन्चाइज लिग बिग बासमा सिजनको दोस्रो खेल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विकेट लिएका छन।

लगातार तेस्रो सिजन बिग बासमा खेल्ने मौका पाएका सन्दीपले सोमबार आफ्नो पुरानो क्लब मेलवर्न स्टार्स विरूद्ध आफ्नो पहिलो विकेट लिएका हुन्।

उनले आफ्नो स्पेलको दोस्रो ओभरको दोस्रो बलमा स्टार्सका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिएका हुन्।

गत २ सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप यो सिजन होबर्ट हुरिकेन्सबाट खेलिरहेका छन् ।

अहिले सन्दीप आशद्ध टोली होबर्ट हुरिकेन्स र उनको पूवै टोली मेलवर्नबीच खेल चलिरहेको छ । सन्दीपको टोली होबर्ट हुरिकेन्सले टस जितेर पहिले बलिङ रोजेपछि मेलवर्नले ब्याटिङ गरिरहेका छ ।

शनिबार सन्दीप मेलवर्नविरुद्धकै खेलबाट सन्दीपले यस सिजनका सुरुवाता गरेका थिए । पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार