• बुधबार, साउन २० २०८३

बूढीगण्डकीले बगाएर एक बालकको मृत्यु


सोमबार, पुष २० २०७७
980
Shares


गोरखा । बूढीगण्डकीले बगाएर एक बालकको मृत्यु भएको छ ।

चुमनुब्री गाउँपालिका वडा नं. ५ बुरबाट वडा नं. ४ प्रोकको पानीघट्टा जाने क्रममा गण्डकीले बगाएर बुरका १२ बर्षका पेमा घ्याल्बो लामाको मृत्यु भएको हो ।

गण्डकीमाथि दुईवटा मुढा तेस्र्याएर पुल बनाएको छ । शुक्रबार बिहान साँढे दसबेजतिर त्यही काठेपुल तरेर जाने क्रममा एक्कासी खसेर गण्डकीले बगाएको मृतकका बुबा मिङ्ग्युर दोर्जे लामाले जानकारी दिए ।

प्रहरी र स्थानीयबासीले तीनदिनसम्म खोजी गर्दा पनि छोरालाई फेला पार्न नसकेको उनले बताए । पक्की पुलको अभावले यस्तो अवस्था आएको उनले जनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार