• बुधबार, साउन २० २०८३

काठमाडौंको तापक्रम ह्वात्तै बढ्यो


सोमबार, पुष २० २०७७
520
Shares


काठमाडौं । आइतबार भन्दा सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम सात डिग्री सेल्सियसले बढेको छ।

आइतबार बिहान २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार बढेर ९ दशमलव ५ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति काठमाडौंको आकाशमा बादल लागेकाले आज बिहान तापक्रम बढेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। आज सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ। बिहान त्यहाँ माइनस ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो।

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षासमेत सुरु भएको छ। तराईमा घाम लागेको छैन।

देशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत सुरु भएको छ। हिमपात भएका क्षेत्रमा चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ।

सबैभन्दा धेरै वर्षा जुम्लामा भएको छ। त्यहाँ २३ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी वीरेन्द्रनगरमा ११.२ मिलिलिटर, डडेलधुरमा १०, धनगढीमा ९.७ र दिपायलमा ६.७ मिलिलिटर वर्षा भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार