• बुधबार, साउन २० २०८३

१५ हजार घुस लिएको आरोपमा इन्सपेक्टर पक्राउ


सोमबार, पुष २० २०७७
815
Shares


काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा १५ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।

वृत्तको मुद्दा शाखामा कार्यरत शर्माले सेवाग्रहीसँग १५ हजार घुस लिएको आरोप लागेपछि उनलाई नियन्त्रणमा राखेर छानविन सुरु गरिएको महानगरीय प्रहरी कार्यालयका डिआइजी हरिबहादुर पालले जानकारी दिए।

डिआइजी पालका अनुसार शर्माले सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै पीडक पक्षसँग १५ हजार रुपैयाँ घुस लिएको पाइएको छ।

गत मंसिर २६ गते साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगेअड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको बसको ठक्करबाट ३ जनाको ज्यान गएको थियो। ६ वटा सवारी साधनमासमेत क्षति पुगेको उक्त घटनामा बसका चालक मकवानपुरका रामबहादुर रखल मगर दोषी देखिएका थिए।

प्रहरी हिरासतमा रहेका मगरलाई छुटाउन यातायात समितिले शर्मालाई १५ हजार रुपैयाँ घुस दिएको पाइएको छ। दुर्घटना भएको लामो समयसम्म शर्माले मुद्दा अल्झाएर घुस मागेको उजुरी परेपछि परिसर र महानगरीय प्रहरी कार्यालयले उनीमाथी निगरानी बढाएको थियो।

अनुसन्धानका क्रममा उनले १५ हजार घुस लिएको पाइएपछि जिम्मेबारीबाट मुक्त गरेर थप अनुसन्धान अघि बढाइएको एआइजी पालले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार