• मंगलबार, साउन १२ २०८३

आइतबार थपिए ४ सय २१ कोरोना संक्रमित, ८ जनाको मृत्यु


आइतबार, पुष १९ २०७७
1.2K
Shares

काठमाडौँ । देशभर ४ सय २१ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ८ सय ५९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ४ सय ८७ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ६७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ जना पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार