काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सिया मुस्लिम समुदायका ११ मजदुरको गोली हानी हत्या भएको छ।
कोइलाखानीमा कार्यरत मजदुरहरुको हत्या गरिएको हो भनेभने अरु तीन जना घाइते भएको बताइएको छ।
अपरिचित बन्दुधारीले ती कामदारलाई अपहरण गरेको जनाइएको छ। बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ। उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन।
घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन्।
पाकिस्तान सरकारले यस घटनामा संलग्न बन्दुकधारीको पहिचान गरिने र उनीहरुलाई कारवाही गरिने बताएको छ। एजेन्सी