• आइतबार, असोज १८ २०८३

कोरोनाविरुद्धको यी दुई खोपलाई भारतले दियो प्रयोगका लागि अनुमति


आइतबार, पुष १९ २०७७
710
Shares

काठमाडौं । भारतमा दुईवटा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ।

भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।

डीसीजीआईका अनुसार बायोटेक कोभ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी छ। अक्सफोर्डको खोप भने ६२ देखि ९० प्रतिशत प्रभावकारी देखिएको विभिन्न अनुसन्धानले जनाएका छन्।

डीसीजीआईले दुईवटा खोपलाई स्वीकृति दिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै भारतलाई कोरोनामुक्त गर्न यी खोपले सहयोग पुर्याउने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार