• मंगलबार, साउन १९ २०८३

निर्माता मनोज कार्कीको मुनामदन—२ (भिडियोसहित)


आइतबार, पुष १९ २०७७
735
Shares


काठमाडौं । सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन—२ को म्युजिक भिडियोको बिमोचन भएको छ ।

शनिबार काठमाडौं बानेश्‍वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ ।

राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठको सशक्त अभिनय रहेको छ।

नेपाली सुगम संगितमा आफ्नो छुट्‍टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार