• मंगलबार, साउन १९ २०८३

लिगलिगकाेट घाेषणा पत्र जारी गर्दै सकियाे पत्रकार महासंघ गोरखाकाे १० औं साधारणसभा


आइतबार, पुष १९ २०७७
605
Shares

गोरखा । नेपाल एकिकरणको उद्गम स्थल गोरखाको लिगलिगकोटबाट सात बुदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ गोरखाकाे १० औं वार्षिक साधारण सकिएकाे छ ।

शुक्रबार र शनिबार पालुंटार नगरपालिका २ काे लिगलिगकाेटमा भएकाे महासंघ गोरखा शाखाकाे साधारणसभाले जारी घाेषणापत्रमा लिगलिगकोटमा रहेका ऐतिहासिक तथा पुरातात्विक लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जिर्णोद्धार, प्रचारप्रसारका साथै उक्त क्षेत्रको समग्र विकासका लागि ध्यान पु¥याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

पालुङटार नगर क्षेत्रको सर्वाङ्गिण विकास, पालुङटार विमानस्थल पुनःसञ्चालन र मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्न समेत घोषणा पत्र मार्फत अपिल गरिएको छ । साधारण सभाले पत्रकारको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका कार्यक्रम सञ्चालनका लागि गोरखाका सबै स्थानीय तह तथा अन्य संघ संस्थाहरुसँग सहयोहको लागि आब्हान समेत गरेको अध्यक्ष किशाेरजंग थापाले बताए ।

पछिल्लो समय देशमा विकसित राजनितिक घटनाक्रमको बारेमा चासो व्यक्त गर्दै महासंघ जिल्ला शाखाले लोकतन्त्र र संबिधानको रक्षा गर्न सबैलाई अनुरोध गरेको छ । प्रेस, अभिब्यक्ति तथा विचार स्वतन्त्रतालाई थप सुदृढ बनाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार हुन महासंघ आग्रह गरेको छ ।

पत्रकार महासंघलाई पत्रकारहरुको विशुद्ध पेशागत संगठन बनाउने अभियानलाई निरन्तरता दिदै सदस्यता शुद्धिकरणको कामलाई निरन्तर अघि बढाइने निर्णय साधारण सभाले गरेको छ । पालुङटार नगरपालिका, लिगलिकोट होमस्टे र लिगलिगकोट बिकास अभियानको ब्यवस्थानमा साधारण सभा गरिएको महासंघका सचिव नरहरी सापकाेटाले बताए ।

साधारणसभा सुरु हुनुअघि खाेल्लीगाउकाे हाेमस्टेबाट लिगलिगकाेटसम्म प्रभातफेरी गरिएकाे थियाे ।

पत्रकार लाेकतन्त्र र संविधानकाे रक्षाकाे पक्षमा

सभामा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आर्चायले पत्रकारहरु सधै लोकतन्त्र, संबिधानको रक्षा र विधिको शासन पक्षमा रहेको बताए ।

‘प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधान माथि प्रहार गर्नु भएको छ । यो गलत छ,’ उनले भने, ‘प्रधानमन्त्रीले उक्त कदम सच्चाउनु पर्छ । उहाँलाई परेको अफ्ठेरोलाई जनताको सर्वोच्व थलो संसदसंसदमा छलफल गरेर टुंग्याउनु पर्र्छ भन्ने हाम्रो धारणा हो ।’

सरकारको कदमको बिरोधमा पत्रकारले समाचारकै माध्यमबाट खबरदारी गरिरहेको आर्चायको भनाई छ । पूर्व अध्यक्ष धर्मेन्द्र झाले नेपाली पत्रकारिता जगत बिधि र प्रक्रियाको पक्षमा उभिएको बताए ।

‘लोकतन्त्रमा बिधि र प्रक्रिया भन्दा ठूलो केही छैन,’ उनले भने, ‘कसैले आफूलाइ त्यस भन्दा माथि सोच्छ भने त्यो तानासाह हो, पत्रकार चुप लागेर बस्दैन उसको बिरुद्धमा कलम चलाउन जुट्छन ।’

जिल्ला अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कडेल, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य कैलासबावु श्रेष्ठ, जिल्ला उपाध्यक्ष दिपक श्रेष्ठ, तुलसी स्मृती प्रस्तिठानका स्थानेश्वर दुवाडी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पत्रकार महासंघ गोरखा शाखाले चलाएको सुद्धिकरण अभियानमा परेका पूर्व सदस्यहरुलाई पनि साधारण सभामा सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार