• मंगलबार, साउन १९ २०८३

लागु औषधसहित डुम्रेबाट लमजुङका २ युवा पक्राउ


आइतबार, पुष १९ २०७७
790
Shares

डुम्रे । लागुऔषध सहित तनहुँको डुम्रेबाट दुई जना युवा पक्राउ परेका छन् । शुक्रबार दिउँसो दिनको सवा १२ बजे बन्दिपुर गाउँपालिका १ को चन्द्रावतीचोकबाट लमजुङको बेशीशहर घर भएका दुई युवा पक्राउ परेका हुन ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज प्रकाश भुषालको नेतृत्वमा खटिएको टोलीले झोलामा लुकाई छिपाई गरी राखिएको अवस्थामा डाइजेपाम, नफिन र फेनारागन ४७ सेट गरी १ सय ४१ एम्पुल लागुऔषध सहित उनिहरुलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ पर्नेमा बेशीशहर नगरपालिका २ शान्तिटोलका २७ बर्षिय गोबिन गुरुङ, वडा नम्बर ७ पूरानो बैंकचोकका १९ बर्षिय विशाल घले रहेको प्रहरी इन्चार्ज भुषाले सिभिलखबरलाई बताए । उनिहरुलाई लागुऔषध मुद्धामा थप अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार