• मंगलबार, साउन १९ २०८३

तुलसीस्मृति पत्रकारिता पुरस्कार भिमलाल श्रेष्ठलाई


शनिबार, पुष १८ २०७७
510
Shares

गोरखा । तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट गोरखाका पत्रकार भीमलाल श्रेष्ठ पुरस्कृत भएका छन् ।

पत्रकार महासंघ गोरखा शाखाले शनिबार पालुङटार नगरपालिका २ को लिगलिगकोटमा आयोजना गरेको दशौँ साधारण सभाको अवसरमा पत्रकार श्रेष्ठलाई साे पुरस्कारबाट पुरस्कृत गरिएकाे हाे ।

उनलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले नगद १० हजार रुपैयाँसहित दोसल्ला र कदर पत्रले सम्मान गरेका हुन् ।

दुई दशकदेखि गोरखामा रहेर पत्रकारिताको माध्यमबाट समाज बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै गोरखा शाखाले पत्रकार श्रेष्ठलाई सम्मान गरेको जनाएको छ । पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन ।

गोरखा सदरमुकामका तुलसी अर्यालको स्मृतिमा पत्रकार महासंघ गोरखा शाखामा २०७० सालमा स्थापना भएको तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट श्रेष्ठसहित हालसम्म छ जना पत्रकार पुरस्कृत भइसकेकाे अध्यक्ष किशोरजंग थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार