• मंगलबार, साउन १२ २०८३

शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


शुक्रबार, पुष १७ २०७७
620
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा १ सय ५३ जना महिला र २ सय ७३ जना पुरुष गरी ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै आज देशभरमा सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २ सय २५ पीसीआर परीक्षण भएको छ।

त्यसैगरी २४ घण्टामा ७ सय ८ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार