• मंगलबार, साउन १९ २०८३

नाजिर र आँचलको ‘तोरी पेली तेल’को भिडियो बनाउनेलाई डेढ लाख पुरस्कार


शुक्रबार, पुष १७ २०७७
980
Shares

काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ अहिले चर्चामा रहेको छ । डान्सिङ शैलीको गीतमा प्रेम र रोमान्स देख्न सकिन्छ ।


क्याडी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा नवप्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले डान्स प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा डेढ लाख नगद पुरस्कार समेत राखिएको छ ।

पुरस्कारका लागि गीतमा कभर भिडियो बनाएर पठाउनुपर्ने छ । त्यसरी प्राप्त भएको उत्कृष्ट भिडियो एकलाई नगद पुरस्कारको साथै काम गर्ने अवसर समेत दिने क्याडी इन्टरटेनमेन्टले जनाएको छ ।

शब्द, संगीत दीपक शर्माको रहेको गीतमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा विकाश धमलाको सम्पादन, सुबोल जोशीको कोरियोग्राफी र बुद्ध थापाको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार