• आइतबार, असोज १८ २०८३

स्वर्गीय श्रीमतीको सम्झनामा श्रेष्ठले गाए मनछुने गीत (भिडियोसहित)


शुक्रबार, पुष १७ २०७७
860
Shares

काठमाडौं । प्रख्यात् हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नी दिवंगत पत्नीलाई चौतारीको पीपलसँग तुलना गर्दै हृदयविदारक गीत गाएका छन्।

उनले पत्नीको जन्मदिन (पुस १४) सम्झेर आफैंले गाएको ‘वर ढले पीपल एक्लै, पीपल ढले वर, जो ढले नि चौतारीको छाती चररर’ बोलको गीत सार्वजनिक गरेका हुन्।

भिडियोका साथ मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज पौष १४ गते, मेरी श्रीमती बाँचरिहेकी भए आज हामी उनको जन्मोत्सव मनाइरहेका हुुन्थ्यौं। सँगै हुँदा हाम्रो जीवन खोला वारि र खोला पारिको वर र पीपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाइरहेका वरपीपल जस्तै थियौं।’

हेर्नुहाेस्, भिडियाे-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार