• सोमबार, भाद्र १ २०८३

डेढ कराेड बढी लगानीमा बन्याे स्वास्थ्य चौकी भवन


शुक्रबार, पुष १७ २०७७
630
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरमा हालसालै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले बिहिबार एक कार्यक्रमको बीच भवनको उद्घाटन गरेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत एक करोड ६५ लाख ९४ हजार एक सय ७४ रुपैँया लागतमा उक्त भवन निर्माण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) गोरखाकी प्रमुख सिनिएर डिभिजन ईन्जिनियर सुनिता श्रेष्ठले जानकारी दिईन् ।

कोरोनाका कारण केही भवन निर्माण सम्पन्न हुन केही समय ढिलाई भएको उनले बताईन् । एक रोपनी स्थानीय बिष्णु कुमारी तीवारीले दान दिएको र दुई रोपनी वडा कार्यालयले तीन लाख रुपैँयामा किनेर कुुल तीन रोपनी क्षेत्रफल जग्गामा भवन निर्माण गरिएको हाे ।

गोरखा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राम बोगटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेत, बिशेष अतिथि गोरखा नगरपलिकाका प्रमुख राजनराज पन्त, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) गोरखाकी प्रमुख सिनिएर डिभिजन ईन्जिनियर सुनिता श्रेष्ठ,लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार