• बुधबार, साउन १३ २०८३

६ हजार जनामा पिसिआर परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि, ९ को मृत्यु


बिहिबार, पुष १६ २०७७
645
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार जनामा पिसिआर परीक्षण गर्दा ५ सय ३४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ५६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार