• मंगलबार, साउन १९ २०८३

गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु


बिहिबार, पुष १६ २०७७
850
Shares

काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ ।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचारको क्रममा महानगरपालिका—२ की ५८ वर्षीया महिलाको बिहीबार बिहान ७ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार