• मंगलबार, साउन १९ २०८३

लुम्बिनी चिनी उद्योगका सञ्चालक पक्राउ


बिहिबार, पुष १६ २०७७
1K
Shares

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ परेका छन्। प्रहरीले अग्रवाललाई बिहीबार पर्साबाट पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

डीआईजी सिंहले केन्द्रको सर्कुलर अनुसार अग्रवाललाई पक्राउ गरेको र उनलाई नवलपरासी (पश्चिम) पठाउने तयारी भइरहेको जानकारी दिए।

प्रहरीले उपलब्ध गराएको रेकर्ड अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।

पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताएका छन् । त्यसलाई फुकुवा गराउने गरी तयारी भइरहेको छ ।

किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार