काठमाडौं । अभिनेता दीलिप रायमाझी र कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको स्वर रहेको गीतको भिडियोमा प्रेमकथा बुनिएको छ ।
रमेश विजीको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन हेमन्तकै रहेको छ । कुमन नेपालीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा दीलिप र कविताको रोमान्स सुहाउदो देख्न सकिन्छ । करन चैसिरको छायाँकन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।