• आइतबार, असोज १८ २०८३

अन्सिका बनिन् ‘मिस युनिभर्स नेपाल—२०२०’ को विजेता


बिहिबार, पुष १६ २०७७
720
Shares

काठमाडौं । ‘मिस युनिभर्स नेपाल—२०२०’ को विजेता अन्सिका शर्मा बनेकी छन्। विजयी बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन्।

यस्तै पहिलो रनर्सअप सुजिता बस्नेत तथा दोस्रो रनर्सअप निनाकान्त मण्डल बनकी छन्। तेस्रो रनर्सअप र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भएका छन्।

यो वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हो। यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुनदेखि मिस युनिभर्ससँग सहकार्य गरेको हो।

म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो।

सन् २०१७ मा नग्मा श्रेष्ठले यो स्थापना गरेकी हुन् भने सहसंस्थापक सीजी कर्पोरेसेन ग्लेबल हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार