• मंगलबार, साउन १९ २०८३

गोरखाका ३० सामुदायिक बिद्यालयलाई टेलिभिजन तथा ल्यापटप प्रदान


बिहिबार, पुष १६ २०७७
875
Shares

गोरखा। गोरखाको गण्डकी गाउँपािलका भित्रका ३० वटा सामुदायिक बिद्यालयहरुलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । बिधालयहरुलाई प्रबिधिमैत्री बनाउन गण्डकी गाउँपालिका भित्रका ९ वटा माध्यामिक र २१ वटा आधारभूत बिद्यालयहरुमा ल्यापटप तथा टेलिभिजन बितरण गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख सुदिप पन्तले जानकारी दिनुभयो ।

‘बिद्यालयमा आइटिसी सामाग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउण्डेसन र गण्डकी गाउँपालिकाको सहकार्यमा उक्त सामग्री उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो, ‘फाउण्डेसनले सवै सामाग्री खरिद गरि प्रत्येक बिद्यालयलाई १/१ थान ल्यापटप र टेलिभिजन बितरण गरेको छ ।’ ल्यापटप र टेलिभिजन खरिदका लागि गाउँपालिकाले फाउण्डेसनलाई ५ लाख रुपैया उपलब्ध गराएको उहाँले बताउनुभयो ।

सामाग्री खरिदका लागि आबश्यक थप ३० लाख रुपैया फाउण्डेसनले व्यहोरेको प्रमुख पन्तको भनाई छ । ‘कोरोना संक्रमणका कारण बिद्यालयहरुमा अनलाईन कक्षाको बिकास गर्नुपर्छ भन्ने अनुभूति सवैलाई भएको छ, उहाँले भन्नुभयो, ‘कम्तीमा एउटा कम्युटर र एउटा टिभी उपलब्ध गराएका बिधालयमा एउटा आइटिसी कक्षा हुन्छ जहाँ बिधार्थीहरुले अनलाईन प्रबिधिको माध्यमबाट पढ्न पाउछन् ।’

उहाँले कम्युटर र टेलिभिजन उपलब्ध गराएका बिद्यालयहरुले अब अनलाइन प्रबिधिको प्रयोग गरि भिडियो मार्फत कक्षा सञ्चालन गर्न सक्ने अबस्था भएको बताउनुभयो । कम्युटर तथा टेलीभिजनको प्रयोगका लागि सवै बिधालयका कम्युटर शिक्षकलाई गाउँपालिकाले घण्टाको तालिम समेत दिएको उहाँको भनाई छ ।

‘सवै बिधालयका एक जना शिक्षकलाई तालिम समेत दिएर पठाइएको छ, प्रमुख पन्तले भन्नुभयो, ‘अझै नेपाल युथ फाउण्डेसनको तर्फबाट पनि सवै बिधालयमा पुगेर जडान तथा चलाउनु पनि सिकाउने व्यवस्था समेत गरिएको छ ।’

ति बिद्यालयहरुलाई ग्लोवल समाज जापानको सहयोगमा प्रत्येक बिधालयलाई १/१ थान थर्मल गन समेत उपलब्ध गराएको शाखा प्रमुख पन्तले जानकारी दिनुभयो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार