काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेका छन् ।
२४ घण्टामा ५ हजार १ सय १० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख २६ हजार ४ सय ७७ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ भने क्वारेन्टाइनमा ३ सय ६२ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४७ रहेको छ ।