• आइतबार, असोज १८ २०८३

प्रचण्ड पत्नी सीता मेडिसिटी अस्पताल भर्ना


बुधबार, पुष १५ २०७७
655
Shares

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।

बुधबार दिउँसो दाहाललाई ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो। अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छोरी गंगा दाहालले जानकारी दिएकी छन्।

दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी)बाट पीडित छिन्।

प्रचण्ड परिवारले उनलाई थप उपचारका लागि यसै साता भारत लैजाने तयारी गरिरहेको थियो।

दाहालको यसअघि अमेरिका र सिंगापुरमा उपचार गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार