• शुक्रबार, साउन ८ २०८३

सहुलियत कर्जा सहज बनाउन बैंकहरुलाई निर्देशन


बुधबार, मंसिर १८ २०७६
1.4K
Shares

काठमाडौं-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा नै तोकेर सहुलियतपुर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरु अनुसार ऋणको संख्या तोकिएको हो। बैंक तथा वित्तीय सस्थाहरुले यस्तो कर्जा नदिएपछि संख्या नै तोकिएको हो।

राष्ट्र बैंकले एक सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधी ०७५ अनुसार सहुलियतको ऋण दिन निर्देशन दिएको हो।

बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म ५ सयवटा कर्जा दिनुपर्नेछ। यसैगरी विकास बैंकहरुले २ सयवटा र फाइनान्सले १ सयवटा कर्जा दिनुपर्ने छ।

सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकता दिएर प्रवाह गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको निर्देशन बैंकहरुले कार्यन्वयन गर्ने हो भने अगामी असार मसान्त भित्रमा कृषि तथा पशुपक्षी कर्जा बाहेकको अन्य कर्जा लिनेको संख्या करिब २० हजार पुग्ने देखिन्छ।

सहुलियतपूर्ण कर्जामा सरकारले प्रदान गर्ने अनुदान राष्ट्र बैंकले नै उपलब्ध गराउने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार