• आइतबार, असोज १८ २०८३

भुक्तानी माग्दै आन्दोलनरत एक उखु किसानको हृदयघातले निधन


मंगलबार, पुष १४ २०७७
510
Shares

काठमाडौँ । उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ ।

६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा विहान करिब १० बजे निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार बिहान यादवले ‘मलाई गाह्रो भयो’ भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो । हेल्पिङ ह्यान्ड्सका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।

मिश्रका अनुसार यादव सरकारसँग सोमबार भएको सहमतिपछि पनि असन्तुष्ट थिए।

वर्षौदेखी बिक्रि गरेको उखुको पैसा नपाएपछि उनी काठमाडौंमा आएर धर्ना तथा आन्दोलनमा सहभागी थिए।

यादवले अन्नपूर्ण सुगरमिलबाट करिब २५ लाख बक्यौता लिन बाँकी थियो। जसमध्ये उनले १ लाख ६० हजार रुपैयाँ मात्र पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार