• मंगलबार, साउन १९ २०८३

गोरखाका १२ हजार घरमा नीजि धारा, एकै बर्ष सकिए २० ठूला योजना


मंगलबार, पुष १४ २०७७
940
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
जिल्लाका १२ हजार १ घरधुरी खानेपानीको एकल पहुँचमा पुगेका छन । सरकारले ‘एक घर एक धारा’ कार्यक्रमलाई जोड दिएपछि यहाँका १२ हजार घरमा निजि धारा जडान भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ९ हजार १ सय २२ घरमा धारा जडान गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनिर देव लामाले जानकारी दिए ।

‘लकडाउनका बाबजुद पनि हामीले गत वर्ष धेरै काम ग¥यौं, केही योजना बाहेक अधिकाशमा काम रोकिएन,’ उनले भने, ‘बाँकी रहेका योजनाहरु अहिले फेरी रनिङ भइसकेका छन् ।’

गत आर्थिक वर्षमा २० वडा ठूला खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ८७९ वटा धारा निर्माण भएका थिए । उक्त आर्थिक वर्षमा १४ वटा आयोजना निर्माण गरिएको उनले बताए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखामा कुल ६६ हजार ५०६ घरपरिवार सख्या रहेको तथ्याङ्क छ । तर अहिले उक्त घर संख्या बढेर ७१ हजार भन्दा बढि भएको पुर्ननिर्माण प्राधिकरणको तथ्याङ्कले देखाउँछन् । कुल २ लाख ७१ हजार ६१ जनसंख्या रहेको यहाँ ९६.९४ मानिसले सहज खानेपानीको सुबिधा प्राप्त गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्याङ्क छ ।

तर भूकम्प यता आर्थिक वर्ष २०७५/०७६ अघि पनि १६ हजार भन्दा बढि घरमा धारा जडान भएको तत्कालिन समयमा कार्यालयले उपलब्ध गराएको रिर्पोटमा उल्लेख छ । सदरमुकाम गोरखाबजार, आसपासका अन्य बजार, आरुघाट, पालुङ्टार लगायतका विभिन्न ठाउँमा यस अघि नै निजि धारा जडान भइसकेका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ४ मा खानेपानी आयाेजना उद्घाटन गर्दै नगरप्रमुख दिपकबाबु कडेंल

भूकम्प पछि आएका विभिन्न संघसंस्था, स्थानीय तह र अन्य विभिन्न सरोकारवालाहरुले ठूलो संख्यामा खानेपानी आयोजना निर्माण गरेका छन् । तर सबैको तथ्याङ्क एकिकृत नहुँदा जिल्लाको वास्तविक रिर्पोट भने सार्वजानिक गर्न नसकिएको कार्यालयले जनाएको छ ।

गोरखामा अहिले लिफ्टिङ प्रविधिमा आधारित ठूलो आयोजनाहरु निर्माणाधिन छन् । सदरमुकामका सर्वसाधरणलाई लक्षित गरी निर्माण भइरहेको दरौंदी लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरण पुगेको छ ।

सरोकारवाला सबै निकायसँग समन्वय गरी बाँकी रहेका स्थानमा आयोजना निर्माण गर्ने कार्यालयको योजना छ । सोही अनुरुप अबको दुई वर्ष भित्र गोरखाका सबै नागरिकको घरमा निजि धारा जोड्ने लक्ष्य लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार