काठमाडौं । भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध फुकुवा गरेको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।
मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो ।मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा जारी परिपत्रमा १ जनवरी २०२१ देखि लागू हुने गरी प्याजको निर्यात खुला गरिएको जनाएको छ ।
आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो । भारतले प्रतिबन्ध लगाएको भोलि पल्टै नेपालमा प्याजको भाउ दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।
