• मंगलबार, साउन १९ २०८३

मल अभावका बीच यस वर्ष नेपालमा इतिहासमै सबैभन्दा धेरै धान उत्पादन


मंगलबार, पुष १४ २०७७
745
Shares


काठमाडौं । धान रोपेपछि किसानले मलको चरम अभाव झेले पनि नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै धान उत्पादन भएको छ। मौसम अनुकूल भएकाले यस वर्ष धान उत्पादन बढेको हो। धान नेपालको मुख्य खाद्यान्न बाली हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन हो।

गत वर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो। गत वर्षभन्दा यस वर्ष धानको उत्पादन ७० हजार ८ सय ३२ टनले बढेको छ।

कृषि विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार उत्पादन बढे पनि नेपाल अझै धानमा अत्मनिर्भर हुन सकेको छैन। यस वर्ष पनि झण्डै १० लाख टन धन अपुग हुने अनुमान छ। जनसंख्या बृद्धिको अनुपातमा नेपालमा हरेक वर्ष चामलको माग बढ्ने गरेको छ।

यस वर्ष विगत वर्षभन्दा धान रोपाइँ हुने क्षेत्र १४ हजार ५ सय ५९ हेक्टरले बढेको मन्त्रालयले जनाएको छ। रेग्मीका अनुसार यस वर्ष लकडाउनको कारण पनि सहरबाट मानिसहरु गाउँ फर्किएर धान रोपाइँमा सरिक भए। बाँझै बस्ने जमिनमा पनि धान रोपाइँ हुँदा उत्पादन बढेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार